काठमाडौं – साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। संस्थाको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।
संस्थाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमा १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत (कर प्रयोजनार्थ) नगद लाभांश रहेको छ।
सो शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण गरिने संस्थाले जनाएको छ।






About Us
प्रतिक्रिया