काठमाडौं – कूटनीतिक सेवाको तयारी गरेर प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट जागिर सुरु गरेका दान बहादुर कार्की ३३ औँ महानिरीक्षक बनेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षकमा नियुक्त गरेको गरेको हो । १८ भदौमा नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा नियुक्त भएका चन्द्र कुँवर खापुङ प्रहरीको ३० वर्षे अनिवार्य अवकाशपछि कात्तिक २६ गते बेलुका १२ बजेदेखि अवकाशमा जानेछन् । त्यसैले मन्त्रिपरिषद्ले सोमबार नै नेपाल प्रहरीको नयाँ आइजिपीमा कार्कीलाई नियुक्त गरेको हो । अहिलेको प्रहरी नियमावलीको प्रावधानअनुसार कार्कीले २०८४ चैत्र १७ गते अर्थात् २९ महिना प्रहरी महानिरीक्षकको नेतृत्व सम्हाल्ने छन् ।
३३ औँ आइजिपीका तीव्र प्रतिस्पर्धामा रहेका मनोज केसी, राजन अधिकारी र सिद्धिविक्रम शाहलाई पछि पार्दै पहिलो वरियतामा रहेका कार्की नयाँ आइजिपी बनेका हुन् । हाल उपत्यका प्रहरी कमान्डको नेतृत्व सम्हाल्दै आएका कार्कीले अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन र नागरिक–प्रहरी सहकार्यमा उल्लेखनीय सुधार ल्याएका छन् ।

कार्कीको जन्म गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ७ मा भएको थियो । स्कुल पढ्दा कक्षामा पढाई राम्रो भएको विद्यार्थीले कक्षा ‘टप’ गर्ने परिपाटी पछ्याउँदै उनी ३ कक्षाबाट सिधै ५ कक्षामा पुगेका थिए। बाल्यकालमा निकै सहयोगी स्वभावका उनले गुल्मीको खन्जनामा प्राथमिक तहको अध्ययन गरेपछि ललितपुरमा आएर पढेका कार्की उपत्यका छिरेपछि ‘होस्टेल’ बसेर निजी विद्यालयहरूबाट माध्यमिक तहसम्म पढेपछि ल क्याम्पस र आरआर क्याम्पसबाट स्नातक उत्तीर्ण गरेका थिए ।
सानैदेखि सरकारी जागिरको मोह
नेपाल सरकारको सेवामा काम गर्नुपर्छ भन्ने मान्यता भएको समाजबाट आएकाले पहिलो जागिर नै नेपाल प्रहरीबाट सुरु गरे । सानैदेखि अग्रजहरूको घरमा गएर पढ्ने र कसरी लोकसेवा तयारी गर्ने विषयमा ध्यान केन्द्रित गर्थे उनी । त्यस बेलामा उनका शिक्षकहरूले पनि सरकारी तहमा नै काम गर्नुपर्छ भनेर मार्ग निर्देश गर्ने गर्थे ।

बाल्यकालमा सरकारी जागिरे बनेर कूटनीतिक सेवातर्फ सेवा गर्ने योजना उनको थियो । तर, कूटनीतिक सेवाभन्दा अघि प्रहरीको परीक्षा खुलेकाले प्रहरी तर्फ मोडिएका थिए । ‘साथीलाई साथ दिने लक्ष्यसहित प्रहरीको आवेदन दिएको थिए, ’उनले भने, ‘तर, उर्तीण भइयो ।’ उनले प्रहरीको परीक्षा दिँदा तयारी भने कूटनीतिक सेवाको गरेका थिए । प्रहरीले खोलेको दरबन्दीमा पास भएपछि नेपाल प्रहरीमै काम गर्ने योजना बनाउँदै तीन दशकदेखि देशको सेवा गरिरहेका छन् ।
सुरुवाती तलब ४ हजार, प्रहरी निरीक्षकदेखि अतिरिक्त महानिरीक्षकसम्म
प्रहरीको जागिरे कामभन्दा पनि सेवाको रूपमा गर्नैपर्छ भन्ने मान्यता राख्ने कार्की २०५४ साल चैत १८ गते लोकसेवा आयोगमार्फत प्रहरी निरीक्षकका रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए । कार्कीले हाल सम्ममा २२ प्रकारका विभिन्न तालिमहरु लिएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, प्रशिक्षार्थीबाट प्रहरीको जागिर सुरु गरेका थिए ।
प्रहरी निरीक्षककारुपमा सङ्गठनमा भर्ना भएका कार्कीको सुरुवाती तलब मासिक चार हजार रुपैयाँ थियो । लोकसेवाको परीक्षा दिएर प्रहरी बन्ने पहिलो ब्याज नै उनी हुन् । उनको प्रहरीमा नियुक्तिको समयमा देशमा द्वन्द्वको अवस्था थियो । प्रहरीको आवश्यकता बढी पर्ने भएकाले उक्त समय नै उनको नियुक्ति भएको थियो । सोही कारण, त्यो समयलाई जीवनको महत्त्वपूर्ण क्षणकारुपमा सम्झन्छन् कार्की ।

‘आफूले काम गर्दा सधैँ मुलुकलाई शिरमा राखेर काम गरी रहेको छु,’ उनले भने, ‘प्रहरीको काममा प्रहरीले मात्र गरेर हुँदैन ।’ नागरिक र प्रहरीको बराबरी साथ सहयोगमा मात्र कानुनको कार्यान्वयनमा सहज हुने कार्कीको तर्क छ ।
साङ्गीतिक क्षेत्रमा विशेष रुचि
बाल्यकालमा गायन र नृत्य दुवै गर्ने गरेका उनले कलेज जीवनमा भने निरन्तरता दिएनन् । उनका तीन चार वटा गीतहरू बजारमा आइसकेका छन् । उनको पछिल्लो समयको गीत प्रहरीसँग नै सम्बन्धित रहेको छ । फुलको वासना सरी गीत सार्वजनिक भएको थियो । यो गीत मार्फत हरेक गाउँ र ठाउँमा प्रहरीको उपस्थिति झल्काउने नागरिकको वरिपरि रहेर प्रहरीले काम गर्ने गरेको सन्देश दिन खोजेका थिए ।

प्रहरीको दायित्व बोधका साथै प्रहरीको गाथा, वीरता, लोक पिडा, सौन्दर्ययता र प्रहरीको भावना समेटिएको गीत रहेको उनले बताए । कलेज पढ्दा पनि थुप्रै गीत लेख्ने गरेको उनले बताए । उनको १ वटा प्रहरी गीत, ३ वटा दसैँ तिहारको गीत रहेको छ । उनको गीत फिल्म हरिबहादुरको जुत्तामा पनि समावेश भएको छ ।
प्रहरीले सधैँ नागरिकसँग नजिक रहेर जनताको इच्छा अनुसार कानुन मानेर काम गर्नुपर्ने हुन्छ । उनले प्रहरीको विभिन्न तहमा रहेर कास्की, कपिलवस्तु, काठमाडौँ, सप्तरी, झापा, लगायतको ठाउँमा काम गरिसकेका छन् । कार्कीले हालसम्ममा २३ वटा पुरस्कारबाट सम्मानित भएका छन् । लामो समयदेखि प्रहरी सेवामा समर्पित रहँदै आएका कार्कीले पेसागत दक्षता, अनुशासन र नेतृत्व क्षमताका कारण सहकर्मी तथा वरिष्ठहरूबाट प्रशंसा पाइरहेका छन् ।

लामो समयदेखि प्रहरी सेवामा समर्पित रहँदै आएका कार्कीले पेसागत दक्षता, अनुशासन र नेतृत्व क्षमताका कारण सहकर्मी तथा वरिष्ठहरूबाट प्रशंसा पाइरहेका छन् । कार्कीको अनुभव र प्रतिबद्धतालाई मध्यनजर गर्दै प्रहरी सङ्गठनभित्र उनको नेतृत्वलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा देखिने अपेक्षा गरिएको छ ।
विभिन्न जिल्ला प्रहरी कार्यालयहरू, प्रदेश प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय विशेष ब्युरो नक्साल, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, प्रहरी प्रधान कार्यालय यूएन शाखा नक्साल, जस्ता विभिन्न प्रहरी कार्यालयहरूमा काम गरेका कार्की उनी कार्तिक २६ गते पछि रिक्त हुँदै गरेको आइजिपीमा बढुवा भई ३३ औँ आइजिपी बनेका छन् ।
यस्तो छ ‘करिअर टाइमलाइन’
प्रहरी निरीक्षकमा उनी २०५४ चैत १८ गते प्रहरीमा प्रवेश भएका उनी २०६६ मङ्सिर २६ मा प्रहरी नायव उपरीक्षकमा बढुवा भएका थिए । १२ वर्ष पछि प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा बढुवा भएका थिए । उक्त समयमा उनी अञ्चल प्रहरी कार्यालय महाकाली अभियोजन समूहमा कार्यरत थिए । त्यसपछि उनी २०७४ साउन १९ मा प्रहरी उपरीक्षक बढुवा भएका थिए । त्यस समयमा उनी महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ कार्यरत थिए ।

साथै, २०७९ साउन ३ गते प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा भएका थिए । उक्त समयमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत थिए । २०८१ जेष्ठ १३ गते उनी प्रहरी नायव महानिरीक्षकमा बढुवा भएका थिए । त्यस बेला कार्की कर्णाली प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा, सुर्खेतमा कार्यरत थिए । २०८२ वैशाख ११ गते उनी प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका थिए । उक्त समयमा उनी लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुखका रूपमा कार्यरत थिए ।
कार्की डिआईजी हुँदा नेपाली प्रहरीको प्रवक्ता र लुम्बिनी प्रदेश प्रहरी प्रमुखका रूपमा काम गरेका थिए । राष्ट्रपतिद्वारा कार्कीलाई २०७५ मा प्रबल जनसेवा श्री पुरस्कार प्रदान गरिएका थियो भने उनलाई पूर्वी टिमोर, पदकर परदेश सेवा, पदक संयुक्त राष्ट्र संघ पदक अन्य र प्रशंसा र धन्यवाद ज्ञापनपत्रहरुका साथै नगद पुरस्कारहरूबाट पटक पटक सम्मानित हुँदै आएका छन् ।
उनी हालसम्ममा ४९ पटक सरुवा र बढुवा भइसकेका छन् । उनीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, प्रशिक्षार्थीबाट प्रहरी सेवामा काम सुरु गरेका कार्की अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानी पोखरीका प्रमुखका रूपमा कार्यरत छन्। जेनजी आन्दोलनपछि उनी काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा भएका हुन् । त्यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखका टेक बहादुर तामाङ्ग रहेका थिए ।

उनी प्रहरीको विद्यमान ऐनअनुसार ३० वर्षे सेवा अवधि पुरा गरेर भदौ १८ मा अनिवार्य अवकाशमा गएका थिए । त्यसैले गर्दा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख पद खाली थियो । जेनजी आन्दोलनले काठमाडौं उपत्यकाको अवस्था गम्भीर बन्दै गएपछि एक उत्कृष्ट प्रहरी अधिकृतकारुपमा चिनिँदै आएका उनलाई प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखका रूपमा सरुवा गरेको थियो ।

कार्की डिआईजी हुँदा नेपाली प्रहरीको प्रवक्ता र लुम्बिनी प्रदेश प्रहरी प्रमुखका रूपमा काम गरेका थिए । राष्ट्रपतिद्वारा कार्कीलाई २०७५ मा प्रबल जनसेवा श्री पुरस्कार प्रदान गरिएका थियो भने उनलाई पूर्वी टिमोर, पदकर परदेश सेवा, पदक संयुक्त राष्ट्र संघ पदक अन्य र प्रशंसा र धन्यवाद ज्ञापनपत्रहरुका साथै नगद पुरस्कारहरूबाट पटक पटक सम्मानित हुँदै आएका छन् ।





About Us
प्रतिक्रिया