काठमाडौं – आज साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव २१ अंकले घटेर २५ सय ६५ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनीको शेयर मूल्य घटेसँगै १० कम्पनीको शेयर मूल्यमा स्थिर देखिएको छ ।
आज दिनभरिमा ३२७ कम्पनीको ७९ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै साहास ऊर्जाको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विधुत कम्पनीको ३२ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शाइन रेसुङ्गा डिभेञ्चर र बन्दीपुर केबलकार एण्ड टुरिजमका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै नेपाल एसबिआई डिबेञ्चर २०८३ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ९.३९ प्रतिशतका दरले गुमाएका हुन् ।
यसदिन ६ उपसूचक राताम्य भएका छन् भने ७ उपसूचकमा सामान्य सुधार देखिएको हो । आज विकास बैंक समूहको ०.४७ प्रतिशत, फाइनान्स समूहको ०.६१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.३८ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.२९ प्रतिशतले शेयर मूल्य घटेकेा छ ।





About Us
प्रतिक्रिया