एनआईबीएल प्रगति फन्डको लाभांश घोषणा


बैंकिङ्ग समाचार, काठमाडौं ।

एनआईबीएल  प्रगति फन्डले लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलको बुधबार बसेको बैठकले आर्थिक वर्ष २०७९–८० का लागि लाभांश घोषणा गर्ने निर्णय गरेको हो ।  फण्डले इकाईधनीहरुलाई कर सहित ६ दशमलव ८ प्रतिशत प्रतिफल बितरण गर्ने भएको हो ।

एनआईबिएल प्रगति फण्ड योजनाका इकाईधनीहरुलाई कर सहित ६ दशमलव ८ प्रतिशतका दरले हुन आउने ५ करोड १० लाख रकम बराबरको प्रतिफल बितरण गर्ने निर्णय गरेको हो । बुक क्लोज मिति भने तय भएको छैन् । यो योजनाको कोष प्रवर्द्धकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ ।