काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड खुद नाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणले १५ करोड ८३ लाख नाफा कमाएको देखाएको हो ।
गत आर्थिक वर्षको यो अवधिमा १४ करोड ५० लाख नाफा आर्जन गरेको थियो । असोजसम्ममा कम्पनीले १ अर्ब ५३ करोड ६३ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, कम्पनीको असोजसम्ममा १ अर्ब ९८ करोड ३ लाख कुल आम्दानी गरेको छ ।
यता कम्पनीको जीवन बीमाकोष १४ अर्ब १८ करोड ६२ लाख कायम भएको छ । कम्पनीले १३ करोड १४ लाख बराबरको अभिकर्तालाई कमिशन दिएको छ । हाल चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८६ करोड २६ लाख रुपैयाँ सञ्चिति रहेको छ ।






About Us
प्रतिक्रिया