काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्ममा १२ करोड बढी नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको तीन महिनाकाे रिपोर्टअनुसार १२ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको हो । उता, गत वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ११ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
चालु वर्षको पहिलो ३ महिनामा कम्पनीको जीवन बीमा कोषमा ४३ अर्ब ८३ करोड ४६ लाख रहेको छ । असोजसम्ममा कम्पनीको महाविपत्ति कोषमा ४२ करोड ५७ लाख, रिटेन्ड अर्निङमा १ अर्ब ४ करोड १९ लाख र अन्य इक्विटीमा २५ करोड ७३ लाख रहेको छ ।
तीन महिनामा कम्पनीले २ अर्ब ९५ करोड २७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने २ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा १८ करोड बढी कर्मचारीमा खर्च गरेको छ ।






About Us
प्रतिक्रिया