बैंकिङ्ग समाचार,काठमाडौं ।
सन नेपाल लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । कम्पनीले शेयररजिष्ट्रारमा नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ लिमिटेडलाई भदौ १५ गतेदेखि लागु हुनेगरी नियुक्त गरेको हो ।
कम्पनीको शेयर दाखिल खारेज, नामसारी, धितोबन्धक, डी–म्याट लगायत शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नेपाल एसबिआई मर्चेन्टलाई नियुक्त गरिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत नेपाल एसबिआइ मर्चेन्ट बैंकिङले पुरा गरेको हो ।
प्रतिक्रिया