काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मूल्यमा उच्च रकमको वृद्धि देखिएको छ । आज सुनको मूल्य आज तोलामा दुई हजार नौ सय रुपैयाँ बढेर २ लाख ४१ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेर दुई लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको थियो। आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ५० रुपैयाँ बढेर चाँदीको मूल्य आज तोलाको तीन हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।





About Us
प्रतिक्रिया