काठमाडौं – गत असोज १८ गतेदेखि भएको लगातार बर्षाका कारण भएको क्षतिले बीमा कम्पनीमा ३ अर्ब बढीको बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार कात्तिक १२ गतेसम्ममा ३ अर्ब ७८ करोड ४० लाख बीमा दावी परेको हो ।
प्राधिकरणकाअनुसार १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीहरुमा ७३४ वटा बीमा दावी परेको छ । बीमा प्राधिकरणकाअनुसार सबैभन्दा बढी बीमा दावी शिखर इन्स्योरेन्समा परेको छ । सो कम्पनीमा ६१ करोड बढीको बीमा दावी परेको हो ।
यस्तै, बढीका कारण युनाइटेड अजोड इन्स्योरेन्समा ६० करोड ५६ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ५० करोड ९४ लाख, एनएलजी इन्स्योरेन्समा ५० कारोड ६० लाख, नेशनल इन्स्योरेन्समा ३० करोड ५० लाख बीमा दावी परेको छ । यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्समा ३७ करोड ५७ लाख, दि ओरिएन्टल इन्स्योरेन्समा २१ करोड ४३ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा १७ करोड ६ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १२ करोड ४४ लाख र नेको इन्स्योरेन्समा १२ करोड १० लाख बराबरको दावी परेको छ ।
साथै, नेपाल इन्स्योरेन्समा १२ करोड १० लाख, प्रभु इन्स्योरेन्समा १० करोड ६९ लाख, सानिमा जिआईसी इन्स्योरेन्समा १० करोड ४६ लाख बराबरको दावी परेको छ । यता लघु निर्जीवन कम्पनी ट्रस्ट माइको इन्स्योरेन्समा ८ लाख र स्टार माइको इन्स्योरेन्समा ८ लाखको बीमा दावी परेको छ ।
यस्तो छ बीमालेखअनुसार बीमा दावीको विवरण :







About Us
प्रतिक्रिया