काठमाडौं – आज साताको पहिलो दिन आइतबार शेयर बजारमा भारी अंकको गिरावट भएको छ । शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज नेप्से परिसूचक ३० दशमलव ०२ अंकले घटेर २,५६६ को विन्दुमा कायम भएको छ । आज २८ कम्पनीको शेयर मूल्य बढेको छ भने २२२ कम्पनीको शेयर मूल्य घटेको छ।
आज दिनभरिमा ३२३ कम्पनीको १ करोड ६ लाख १९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै युनियन हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २३ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २१ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै दरमखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । माबिलुङ हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । सागर डिष्टिलरीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको १.२९ प्रतिशत, विकास बैंक समूहको १.८१ प्रतिशत, फाइनान्स समूहको २.९१ प्रतिशत, होटेल तथा पर्यटन समूहको ०.६९ प्रतिशतले घटेको छ ।





About Us
प्रतिक्रिया