बैंकिङ्ग बहस

‘मुक्तिनाथ विकास बैंक ३ जिल्लाबाट सुरु भएको थियो, अब वाणिज्य बैंक बन्छ’

सबै मापदण्ड पुरा गरेर निवेदन दिन्छौं, अनुमति दिने/नदिने केन्द्रीय बैंकको अधिकार : भरतराज ढकाल

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

२०६३ सालबाट स्याङ्जाबाट सुरु भएको मुक्तिनाथ विकास बैंक राष्ट्रियस्तरको विकास बैंक हुँदै यतिबेला वाणिज्य बैंक बन्ने प्रक्रियामा छ । हालसालै सम्पन्न १९औँ वार्षिक साधारण सभाबाट बैंकले वाणिज्य बैंक बन्ने निर्णय गरिसकेको छ र नेपाल राष्ट्र बैंकमा निवेदन दिने प्रक्रियामा छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको संख्या घटाउने नीति लिइरहेको समयमा मुक्तिनाथ विकास बैंक वाणिज्य बैंक बन्ने ध्यानमा छ । देशको अर्थतन्त्र शिथिल बनेको र गतिशील बन्ने प्रयत्नमा रहेको समयमा मुक्तिनाथ विकास बैंकको यो निर्णयमा चौतर्फी बहस भइरहेको छ । यही विषयमा केन्द्रित रहेर बैंकका पूर्व अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) भरतराज ढकालसँग बैंकिङ्ग बहसमा गरेको कुराकानीको सम्पादित अंश–

तपाईँहरूले मुक्तिनाथ विकास बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्ने निर्णय गर भएको छ । यो निर्णय अब कसरी अघि बढ्छ ?

नेपाल राष्ट्र बैंकको जुन एकीकृत निर्देशन छ । एकीकृत निर्देशनमा ‘ख’ वर्गका राष्ट्रियस्तरको विकास बैंक आवश्यक प्रक्रिया पुरा गरेर ‘क’ वर्गमा स्तरोन्नति हुन पाउने व्यवस्था छ । त्यो व्यवस्था अनुसार सबैभन्दा चुनौतीपूर्ण चाहिँ पुँजी पुर्‍याउनु थियो । अन्य प्रावधान हाम्रा लागि अप्ठ्यारा थिएनन् । बैंकले आफ्नै क्षमतामा केन्द्रीय बैंकले तोकेको पुँजी पुर्‍याएपछि वाणिज्य बैंकमा स्तरोन्नति किन नभएको भनेर प्रश्न समेत आउँथ्यो ।

यो निर्णय प्रक्रियाहरू ढिलो नहोला । कात्तिकमा यी सबै काम सकेर मङ्सिरको पहिलो वा दोस्रो सातामा राष्ट्र बैंकमा निवेदन दिन्छौँ । सञ्चालक समितिले गर्ने प्रक्रिया छिटो–छिटो अघि बढ्छ ।

सोही बमोजिम हालसालै सम्पन्न वार्षिक साधारण सभाबाट वाणिज्य बैंकमा स्तरोन्नति हुने निर्णय गर्यो । अब सोही निर्णयअनुसार नेपाल राष्ट्र बैंकमा साधारण सभाको निर्णय पठाउँछौँ र राष्ट्र बैंकबाट कम्पनी रजिष्टारको कार्यालयमा जान्छ । राष्ट्र बैंक र कम्पनी रजिष्टारको कार्यालयअनुसार बैंकको सञ्चालक समितिले निर्णय गरेर कानूनी प्रावधान बमोजिम वाणिज्य बैंक बन्नका लागि निवेदन दिन्छ । निवेदन प्राप्त भएपछि वाणिज्य बैंकमा स्तरोन्नति गर्ने वा नगर्ने सम्पूर्ण अधिकार केन्द्रीय बैंकलाई हुन्छ ।

यो सबै प्रक्रिया पुरा गर्दा तपाईँहरूलाई कति समय लाग्छ ?

यो निर्णय प्रक्रियाहरू ढिलो नहोला । कात्तिकमा यी सबै काम सकेर मङ्सिरको पहिलो वा दोस्रो सातामा राष्ट्र बैंकमा निवेदन दिन्छौँ । सञ्चालक समितिले गर्ने प्रक्रिया छिटो–छिटो अघि बढ्छ ।

तपाईँकाअनुसार मुक्तिनाथ विकास बैंक पहिलादेखि नै सबै खाले सूचकमा वाणिज्य बैंकजस्तै हुनुहुन्थ्यो । साथै बजारबाट समेत कहिले वाणिज्य बैंक बन्ने भनेर प्रश्न आउँथ्यो भन्नुभयो । यसको अर्थ तपाईँहरू वाणिज्य बैंक बने हुन्थ्यो भन्ने चाहना बाहिरको धेरै थियो ?

यो २०६३ सालबाट सुरु भएको बैंक हो । सुरुमा स्याङ्जामा मुख्य कार्यालय स्थापन गरेर ३ जिल्ला हेर्ने गरी सञ्चालनमा आएको हो । त्यसपछि पोखरामा केन्द्रीय कार्यालय सारेर १० जिल्ला हेर्ने गरेर राष्ट्रियस्तरको बन्यो । यस आधारमा हामीसँग वाणिज्य बैंकमा स्तरोन्नति भइसकेपछि आवश्यक पर्ने पूर्वाधार तयार भइसकेको छ । यो निर्णयबाट शेयर लगानीकर्ता समेत खुसी छन् र कर्मचारी समेत उत्साहित देखिएका छन् ।

तथ्यांक हेर्दा केही वाणिज्य बैंकको तुलनामा मुक्तिनाथ विकास बैंकको नाफा धेरै थियो । यसबाहेक ४८ जिल्लामा शाखा खोल्नु भएको छ र १७९ वटा शाखा स्थापना गर्नु भएको । साथै १४ लाख सेवाग्राही छन् । यसको अर्थ तपाईँहरू पहिलादेखि नै वाणिज्य बैंक बन्ने तयारीमा हुनुहुन्थ्यो ?

यो बैंक स्याङ्जालाई मात्रै केन्द्रीय गरेर स्थापना गरेको हो । तत्कालिन समयमा २९ जिल्ला शेयरधनी थिए । तत्कालीन प्रावधानअनुसार कम्तीमा ३ जिल्ला लक्षित गरेर स्थापित भएको हो । स्थापना कालदेखि नै सेवाग्राहीको विश्वास जित्दै गयौँ र प्रत्येक वर्ष हकप्रद शेयर जारी गर्दै गयौँ । सुरुमा १ करोड ३० लाख चुक्ता पुँजी थियो ।

मुक्तिनाथ विकास बैंकले निवेदन दिएपछि स्तरोन्नतिको आशा गर्ने मात्रै हो । बैंक तथा वित्तीय संस्थाको निवेदन आएपछि वाणिज्य बैंकको अनुमति दिने वा नदिने सम्पूर्ण अधिकार राष्ट्र बैंकसँगै छ ।

तत्कालीन समयमा नै हाम्रो मुख्य लक्ष्य राष्ट्रियस्तरको विकास बैंक बन्ने थियो । र, २०७१ सालमा मुक्तिनाथ विकास बैंक राष्ट्रिय स्तरको विकास बैंक बन्यो । राष्ट्रियस्तरको विकास बैंक बनेपछि वाणिज्य बैंकमा स्तरोन्नतिको तयारी थालिएको थियो । त्यसका लागि राष्ट्र बैंकले तोकेका मापदण्ड अनुसार अघि बढ्दै गयौँ । राष्ट्रिय अर्थतन्त्रलाई नै योगदान पुर्‍याउने लक्ष्यसहित स्थानीयस्तरमा पुग्नेदेखि देशव्यापी सञ्जाल स्थापना गर्ने जस्ता कार्य मुक्तिनाथ विकास बैंकले गर्दै गयो ।

३ जिल्ला हुँदै १० जिल्लामा स्तरोन्नति हुँदै आउनेक्रममा मर्जर/प्राप्ति नगरेरै बोनस शेयर र हकप्रद शेयरबाटै पुँजी वृद्धि गर्ने बैंक मुक्तिनाथ मात्रै हो । बोनश शेयर वितरण गर्दै जाँदा वाणिज्य बैंकका लागि तोकिएको पुँजी पुग्ने स्थिति भएपछि हाम्रो तयारी ३/४ वर्ष अघि नै थियो ।

अहिलेसम्म औपचारिक निवेदन पुगेको छैन । औपचारिकरुपमा निवेदन दिएपछि राष्ट्र बैंकले कसरी ‘ट्रिट’ गर्नुपर्छ जस्तो लाग्छ ?

नेपाल राष्ट्र बैंकले आन्तरिकरुपमा नेपालको वित्तीय प्रणाली कसरी अघि बढाउने भनेर वर्गीकरण गरेको थियो । वर्गीकरण अनुसार सहीरुपमा काम गरे वा गरेनन् भन्ने विषयमा मूल्यांकन भएकै होला । यसबाहेक सरकारले वित्तीय क्षेत्र विकास रणनीतिको विषय पनि अघि बढाइरहेको नै छ । मुक्तिनाथ विकास बैंकले निवेदन दिएपछि स्तरोन्नतिको आशा गर्ने मात्रै हो । बैंक तथा वित्तीय संस्थाको निवेदन आएपछि वाणिज्य बैंकको अनुमति दिने वा नदिने सम्पूर्ण अधिकार राष्ट्र बैंकसँगै छ । तर, अनुमति नदिँदैमा निर्णय प्रभाव पार्ने, जुहारी खोज्ने काम गर्दैनौँ । मुक्तिनाथ विकास बैंक ३ जिल्ला हुँदै राष्ट्रिय स्तरको विकास बैंक बनेर आएको हुँदा कमीकमजोरी पनि होला । जुन, हामीले नदेखेको पनि हुन सक्छ र राष्ट्र बैंकले मात्रै देखेको पनि हुन सक्छ ।