काठमाडौं – प्राइम कमर्सियल बैंकले आजदेखि आफ्ना शेयरधनीका लागि संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकको कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो ।
बैंकले विद्यमान संस्थापक शेयरधनीका लागि सो संस्थापक शेयर बिक्रीमा राखेको हो । सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सक्नेछन् ।
बैंकले शेयर संख्या भने उल्लेख गरेको छैन ।



About Us
प्रतिक्रिया