तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो ।

आज सुन तोलामा २ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको मूल्य तोलाको २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको छ।