काठमाडौं – सरकारी स्वामित्वको कृषि विकास बैंकले चालू आर्थिक वर्षको तीन महिनामा ५७ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको तुलनामा नाफा घटेको देखिएको हो । बैंकले गत वर्षको यो अवधिमा १९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै, बैंकले असोजसम्ममा खुद ब्याज आम्दानी भने बढाएको छ । बैंकले य २ अर्ब ४२ करोड ४३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको हो । यता, बैंकको सञ्चालन नाफा भने ६ करोड ३२ लाख रुपैयाँ ऋणात्मक छ । यस्तै बैंकको खराब कर्जा अनुपात ४.७८ प्रतिशत रहेको छ ।
हाल बैंकको चुक्ता पूँजी १९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ४८ करोड ४७ लाख रहेको छ ।



About Us
प्रतिक्रिया