खुम्चियो हिमालयन बैंकको नाफा, प्रतिशेयर आम्दानी १२ रुपैयाँमा सिमित


काठमाडौं । हिमालयन बैंकको नाफा खुम्चिएको छ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकको नाफा खुम्चिएको हो । बैंकले सार्वजनिक गरेको अपरिष्कृत प्रतिवेदनअनुसार यो अवधिमा ७० करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा न्यून हो ।

गत वर्षको यो अवधिमा हिमालयन बैंकले ७२ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो चालू वर्षमा आर्जन गरेकोभन्दा २ करोड बढी हो । बैंकको कर तिर्नु अघिको नाफा १ अर्ब रुपैयाँ थियो । तर, विभिन्न शीर्षकमा कर तिरेपछि खुद नाफा ७० करोड रुपैयाँ भएको हो ।

यस्तै, बैंकको सञ्चालन नाफा २ अर्ब ६२ करोड रुपैयाँ छ । नाफा खुम्चिएसँगै बैंकको प्रतिशेयर आम्दानी १२.४५ रुपैयाँ कायम भएको छ । जुत, गत वर्ष योभन्दा माथि थियो । यस्तै, पीई रेसियो १५.६५ रुपैयाँ कायम छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ कायम छ ।

बैंकले यस अवधिमा ६ अर्ब ३७ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ भने ३ अर्ब ७६ करोड रुपैयाँ ब्याज खर्च रहेको छ । यसअनुसार बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६१ करोड रुपैयाँ कायम छ ।