प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा पहिलो नम्बरमा कार्की, यस्तो छ ‘करिअर टाइमलाइन’

काठमाडौं – नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजिपी) प्रतिस्पर्धीहरूको मूल्याङ्कनमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की पहिलो वरीयतामा रहेका छन् । अबको एक हप्तामा नेपाल प्रहरीले नयाँ आइजिपी पाउँदै छ । जसका लागि प्रहरीका चार जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मुख्य दाबेदारका रूपमा रहेका छन् । जसमा एआईजी दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारी र सिद्धिविक्रम शाह प्रतिस्पर्धामा छन् ।

लामो समयदेखि प्रहरी सेवामा समर्पित रहँदै आएका कार्कीले पेसागत दक्षता, अनुशासन र नेतृत्व क्षमताका कारण सहकर्मी तथा वरिष्ठहरूबाट प्रशंसा पाइरहेका छन् । कार्कीको अनुभव र प्रतिबद्धतालाई मध्यनजर गर्दै प्रहरी सङ्गठनभित्र उनको नेतृत्वलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा देखिने अपेक्षा गरिएको छ ।

प्रतिस्पर्धीमध्येमा पहिलो वरीयतामा कार्की छन् । २०५४ साल चैत १८ बाट प्रहरी सेवामा प्रवेश गरेका कार्कीले हालसम्ममा २२ प्रकारका विभिन्न तालिमहरू लिएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, प्रशिक्षार्थीबाट प्रहरीको जागिर सुरु गरेका कार्कीले हालसम्ममा २३ वटा पुरस्कारबाट सम्मानित भएका छन् । गुल्मीको मालिका गाउँपालिका–७ मा जन्मिएका कार्कीले आफ्नो पहिलो जागिर नै नेपाल प्रहरीबाट सुरु गरेका हुन् ।

लामो समयदेखि प्रहरी सेवामा समर्पित रहँदै आएका कार्कीले पेसागत दक्षता, अनुशासन र नेतृत्व क्षमताका कारण सहकर्मी तथा वरिष्ठहरूबाट प्रशंसा पाइरहेका छन् । कार्कीको अनुभव र प्रतिबद्धतालाई मध्यनजर गर्दै प्रहरी सङ्गठनभित्र उनको नेतृत्वलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा देखिने अपेक्षा गरिएको छ ।

विभिन्न जिल्ला प्रहरी कार्यालयहरू, प्रदेश प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय विशेष ब्युरो नक्साल, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, प्रहरी प्रधान कार्यालय यूएन शाखा नक्साल, जस्ता विभिन्न प्रहरी कार्यालयहरूमा काम गरेका कार्की उनी कार्तिक २६ गते पछि रिक्त हुँदै गरेको आइजिपीमा बढुवा भएका खण्डमा ३३ औँ आइजिपी बन्ने छन् ।

त्यस्तै, प्रहरी निरीक्षकमा उनी २०५४ चैत १८ गते प्रहरीमा प्रवेश भएका उनी २०६६ मङ्सिर २६ मा प्रहरी नायव उपरीक्षकमा बढुवा भएका थिए । १२ वर्ष पछि प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा बढुवा भएका थिए । उक्त समयमा उनी अञ्चल प्रहरी कार्यालय महाकाली अभियोजन समूहमा कार्यरत थिए । त्यसपछि उनी २०७४ साउन १९ मा प्रहरी उपरीक्षक बढुवा भएका थिए । त्यस समयमा उनी महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ कार्यरत थिए ।

साथै, २०७९ साउन ३ गते प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा भएका थिए । उक्त समयमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत थिए । २०८१ जेष्ठ १३ गते उनी प्रहरी नायव महानिरीक्षकमा बढुवा भएका थिए । त्यस बेला कार्की कर्णाली प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा, सुर्खेतमा कार्यरत थिए । २०८२ वैशाख ११ गते उनी प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका थिए । उक्त समयमा उनी लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुखका रूपमा कार्यरत थिए ।

कार्की डिआईजी हुँदा नेपाली प्रहरीको प्रवक्ता र लुम्बिनी प्रदेश प्रहरी प्रमुखका रूपमा काम गरेका थिए । राष्ट्रपतिद्वारा कार्कीलाई २०७५ मा प्रबल जनसेवा श्री पुरस्कार प्रदान गरिएका थियो भने उनलाई पूर्वी टिमोर, पदकर परदेश सेवा, पदक संयुक्त राष्ट्र संघ पदक अन्य र प्रशंसा र धन्यवाद ज्ञापनपत्रहरुका साथै नगद पुरस्कारहरूबाट पटक पटक सम्मानित हुँदै आएका छन् ।

उनी हालसम्ममा ४९ पटक सरुवा र बढुवा भइसकेका छन् । उनीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, प्रशिक्षार्थीबाट प्रहरी सेवामा काम सुरु गरेका कार्की अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानी पोखरीका प्रमुखका रूपमा कार्यरत छन्। जेनजी आन्दोलनपछि उनी काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा भएका हुन् । त्यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखका टेक बहादुर तामाङ्ग रहेका थिए ।

उनी प्रहरीको विद्यमान ऐनअनुसार ३० वर्षे सेवा अवधि पुरा गरेर भदौ १८ मा अनिवार्य अवकाशमा गएका थिए । त्यसैले गर्दा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख पद खाली थियो । जेनजी आन्दोलनले काठमाडौं उपत्यकाको अवस्था गम्भीर बन्दै गएपछि एक उत्कृष्ट प्रहरी अधिकृतकारुपमा चिनिँदै आएका उनलाई प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखका रूपमा सरुवा गरेको थियो ।