जीवन बीमकद्वारा बीमालेख नवीकरण गरेर ३९ अर्ब ६८ करोड बीमा शुल्क संकलन


काठमाडौं – सञ्चालमा रहेका १४ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमाससम्ममा बीमालेख नवीकरण गरेर करिब पौने ४० अर्ब बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको असोजसम्म ३९ अर्ब ६८ करोड ८३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका हुन् ।

चालु आर्थिक वर्षको असोजसम्ममा सबैभन्दा धेरै नवीकरण बीमा शुल्क संकलन गर्दा बढी वृद्धि गर्नेमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । यता सबैभन्दा बढी नवीकरण बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ रहेको छ । सो कम्पनीले १० अर्ब ७४ करोड ८४ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, धेरै नवीकरण बीमाशुल्क संकलन गर्ने नेशनल लाइफले ४ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ । यस्तै, तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसनले ४ अर्ब ३० करोड ४० लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ७ करोड ७६ लाख, हिमालयन लाइफले ३ अर्ब ८८ करोड ९५ लाख, सूर्यज्योति लाइफले २ अर्ब २६ करोड ७७ लाख रुपैयाँ नविकरण बीमाशुल्क संकलन गर्दा एसियन लाइफले १ अर्ब ८१ करोड १७ लाख रुपैयाँ आर्जन गरेको छ ।

यसैगरी, सिटिजन्स लाइफले १ अर्ब ५८ करोड ३ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ३७ करोड ७२ लाख, मेट लाइफले १ अर्ब २८ करोड ६५ लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ९ करोड ७ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ८ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ४ करोड ७९ लाख रुपैयाँ र सन नेपाल लाइफले ७५ करोड ९८ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन् ।