तोलामा ६ सय रुपैयाँले बढ्यो सुुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा आज सुनकाे मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।

आज सुन तोलामा २ लाख ३७ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलाको २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा ३ हजार १० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी २९ सय ९० सय रुपैयाँमा किनबेच भएको थियो।