काठमाडौं – भर्चुअल मुद्रा भन्नाले प्रचलित नगद वा नोटको सट्टामा वस्तु तथा सेवा किनबेचमा प्रयोग हुने डिजिटल मुद्रा हो। हाल नेपाल जस्ता धेरै देशका केन्द्रीय बैंकहरूले यसबारे अध्ययन गर्दैछन्। केन्द्रीय बैंक आफूले नै जारी गर्ने डिजिटल मुद्रा हो। जसलाई सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) भनिन्छ। तर, निजी क्षेत्र वा कम्पनीहरूले जारी गर्ने डिजिटल मुद्रालाई भने क्रिप्टोकरेन्सी भनिन्छ।
क्रिप्टोकरेन्सी प्राप्त गर्ने मुख्य दुई माध्यम छन्। पहिलो, माइनिङ अर्थात् भ्यालिडेसनमार्फत। माइनिङ भन्नाले क्रिप्टोकरेन्सी नेटवर्कमा भएका कारोबारहरूको हिसाब–किताब राख्ने र प्रमाणित गर्ने प्रक्रिया हो। जब प्रयोगकर्ताबीच कारोबार हुन्छ, त्यसलाई प्रमाणित गर्ने काम माइनरहरूले गर्छन्।
आज विश्वका थुप्रै व्यापारिक स्थलमा सामान वा सेवाको भुक्तानी क्रिप्टोकरेन्सीमार्फत गर्न सकिन्छ। यसलाई डिजिटल सम्पत्ति पनि भनिन्छ, किनकि यो भौतिक हुँदैन, तर इलेकट्रोनिक रूपमा भण्डारण, स्वामित्व, स्थानान्तरण वा किनबेच गर्न सकिन्छ। यसको मूल्य माग र आपूर्तिअनुसार तलमाथि भइरहन्छ। बिटक्वाइन, इथेरियम जस्ता मुद्रा नै यसको उदाहरण हुन्।
क्रिप्टोकरेन्सी प्रयोग गर्न सजिलो बन्दै गएको छ । यसको कारोबार डिजिटल वालेट र अनलाइन एक्सचेन्जमार्फत गर्न सकिन्छ। पछिल्लो समय कानुनी मान्यता पाउँदै गएपछि यसमा लगानी गर्नेहरूको संख्या विश्वभर बढ्दो छ। क्रिप्टोकरेन्सीलाई डिजिटल सम्पत्तिको मान्यता दिएर व्यक्तिगत लगानीकर्तादेखि संस्थागत लगानीकर्ता र कतिपय ठाउँमा सरकारी निकायहरूले समेत लगानी गर्ने गरेका छन्। विश्व बजारमा दक्षिण अमेरिका र एसियाका मुलुकहरूले यसको स्वामित्व र प्रयोग क्रमशः बढाउँदै लगेका छन्।
क्रिप्टोकरेन्सी सम्बन्धी केही महत्त्वपूर्ण तथ्यहरू:
भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाका अनुसार हाल विश्वमा करिब २३ हजारभन्दा बढी क्रिप्टोकरेन्सी प्रचलनमा छन्। तीमध्ये सबैभन्दा पुरानो बिटक्वाइन हो, जसको प्रयोग सन् २००९ मा सुरु भएको हो। अहिलेको अवस्थामा विश्व क्रिप्टोकरेन्सी बजारको कुल पुँजीकरणमा बिटक्वाइनको हिस्सा मात्रै करिब ४२ प्रतिशत छ।
सामान्यतया नगद भुक्तानी गर्दा पैसा सक्कली हो कि होइन भनेर छुट्याउनुपर्ने हुन्छ भने विद्युतीय भुक्तानीको हकमा बैंक वा वित्तीय संस्थाले खाताको आधारमा त्यस्तो यकिन गरिन्छ। तर, क्रिप्टोकरेन्सीमा भने बैंक वा कुनै वित्तीय संस्था बीचमा पर्दैन । यसको सम्पूर्ण हिसाब–किताब ब्लकचेन प्रविधिबाट हुन्छ।
क्रिप्टोकरेन्सी प्राप्त गर्ने मुख्य दुई माध्यम छन् । पहिलो, माइनिङ अर्थात् भ्यालिडेसनमार्फत । माइनिङ भन्नाले क्रिप्टोकरेन्सी नेटवर्कमा भएका कारोबारहरूको हिसाब–किताब राख्ने र प्रमाणित गर्ने प्रक्रिया हो । जब प्रयोगकर्ताबीच कारोबार हुन्छ, त्यसलाई प्रमाणित गर्ने काम माइनरहरूले गर्छन् ।
ब्लकचेनमा कुनै पनि कारोबार हुँदा त्यो जानकारी नेटवर्कमा रहेका सबै सदस्यलाई पठाइन्छ। नयाँ कारोबारलाई समूहमा मिलाएर ब्लक भनिन्छ, जसलाई सामूहिक सहमतिबाट प्रमाणित गरिन्छ। त्यसपछि मात्र पुराना ब्लकहरूसँग जोडिन्छ। यस्तो क्रमागत प्रणालीका कारण ब्लकचेनमा भइसकेको कारोबार फेरि परिवर्तन गर्न असम्भवजस्तै हुन्छ। यही कारण ब्लकचेनलाई डिजिटल लेजर पनि भनिन्छ।
क्रिप्टोकरेन्सी प्राप्त गर्ने मुख्य दुई माध्यम छन्। पहिलो, माइनिङ अर्थात् भ्यालिडेसनमार्फत। माइनिङ भन्नाले क्रिप्टोकरेन्सी नेटवर्कमा भएका कारोबारहरूको हिसाब–किताब राख्ने र प्रमाणित गर्ने प्रक्रिया हो। जब प्रयोगकर्ताबीच कारोबार हुन्छ, त्यसलाई प्रमाणित गर्ने काम माइनरहरूले गर्छन्।
प्रतिस्पर्धात्मक तरिकाले हुने यो प्रक्रियामा सफल हुने माइनरलाई पुरस्कारस्वरूप नयाँ क्रिप्टोकरेन्सी दिइन्छ। दोस्रो, सिधै खरिद गर्ने माध्यम हो। प्रयोगकर्ताले क्रिप्टोकरेन्सी खरिद गर्नका लागि अनलाइन एक्सचेन्ज प्रयोग गर्न सक्छन्। हाल विश्वमा बाइनान्ससहित करिब ४५० वटा क्रिप्टोकरेन्सी एक्सचेन्ज सञ्चालनमा रहेका छन्।






About Us
प्रतिक्रिया