काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग उच्चस्तरीय जाँचबुझ आयोगले सोधपुछ गर्ने भएकाे छ। सरकारले गठन गरेको आयोगले साेधपुछका लागि लामिछानेलाई सिंहदरबारस्थित आयोगकाे कार्यालयमा बाेलाएकाे हाे।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ।
सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा लामिछाने कारागारमा छन् । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा ललितपुरको नख्खु कारागारबाट बाहिर आएको विषयमा आयोगले बयान लिन लागेको हो।






About Us
प्रतिक्रिया