तीन महिनामा निर्जीवन लघुबीमा कम्पनीले आर्जन गरे २६ करोड बढी बीमा शुल्क


काठमाडौं – चालु आर्थिक वर्षको तीन महिनामा सञ्चालनका रहेका ४ निर्जीवन लघुबीमा कम्पनीले २६ करोड बढी बीमा शुल्क आर्जन गरेका छन् । निर्जीवन लघुबीमा कम्पनीहरुले असोजसम्ममा २६ करोड ८१ लाख बीमा शुल्क आर्जन गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणकाअनुसार ९१ हजार ६३१ वटा बीमालेख जारी गरेर २६ करोड बढी बीमा शुल्क आर्जन गरेका हुन् । असोजसम्ममा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । सो कम्पनीले ७ करोड ३ लाख बीमा शुल्क आर्जन गरेको हो । यस्तै, दोस्रोमा प्रोटेक्टिभ माइक्रो इन्योरेन्सले ६ करोड ९९ लाख बीमा शुल्क आर्जन गरेको हो ।

यस्तै, ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीले ६ करोड ९५ लाख र स्टार माइक्रो इन्स्योरेन्सले ५ करोड ८२ लाख बीमा शुल्क आर्जन गरेको छ ।