काठमाडौं – बुधबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको हो। आज सुन तोलामा २ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलाको २ लाख ३८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ ।
आज चाँदी तोलामा २९ सय ९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी ३ हजार १५ रुपैयाँमा किनबेच भएको थियो।






About Us
प्रतिक्रिया