सीईओ खोज्दै नेरुडे मिर्मिरे लघुवित्त, ५ वर्षको अनुभव भएकाले सजिलै आवेदन दिनसक्ने


काठमाडौं – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले रिक्त रहेको पद सीईओका लागी दरखास्त आह्वान गरेको हो।

संस्थाले वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत र नायब कार्यकारी अधिकृत पदरव्यवस्थापकीय तहमा कार्य अनुभव भएकालाई विशेष प्राथमिकता दिने, लघुवित्त वित्तीय संस्था सम्बन्धी व्यवसायिक अनुभव भएको, सूचना प्रविधिको उपयोग सम्बन्धी आवश्यक जानकारी भएको, उमेरको हद दरखास्त दिने अन्तिम मिति सम्म ६० वर्ष ननाघेको हुनुपर्ने बताएको छ ।

दरखास्त साथ पेश गर्दा शैक्षिक योग्यता, अनुभव सहितको वैयक्तिक विवरण, उम्मेदवारले आफ्‌नो दरखास्तका साथ २,५०० शब्दमा नबढ्ने गरी नेपालमा लघुवित्तको वर्तमान अवस्था, चुनौती र समस्या समाधानका उपायका सन्दर्भमा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आगामी कार्यदिशा विषयक प्रस्ताव पेश गर्नुपर्ने उल्लेख छ । पारिश्रमिक भने आपसी समझदारीमा तय गरिने बताएको छ ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउटेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक अर्थशास्त्र, बाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्गशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तरराष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा ५ वर्षको कार्य अनुभव हासिल भएको हुनुपर्ने संस्थाले जनाएको छ ।