बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी पृथ्वी बहादुर पाण्डेको नाममा रहेको ६७ हजार ४८१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिदको लागि विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन दिन सक्नेछन् । शेयर प्रतिकित्ता न्यूनतम २०० रुपैयाँमा बिक्री गरिने कम्पनीले जनाएको छ ।
शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले आवश्यक कागजात सहित आफूले खरिद गर्न चाहेको शेयर कित्ता र रकम समेत खुलाई कम्पनीको कार्यालय थापागाँउमा सूचना प्रकाशित मितिले ३५ दिनभित्र खरिद आवेदन पेश गर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया