काठमाडौं – चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीले १२ अर्ब ६५ करोड ६४ लाख बीमा शुल्क आर्जन गरेका हुन् ।
असोज मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ६ लाख ८८ हजार ९८२ वटा बीमा पोलिसी बिक्री गरी १२ अर्ब बढीको बीमा शुल्क संकलन गरेका हुन् । असोज मसान्तसम्ममा सबैभन्दा बढी बीमा शुल्क संकलन गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । सो कम्पनीले १ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
यस्तै, दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनीले १ अर्ब ३८ करोड ४६ लाख र तेस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले १ अर्ब २२ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
यस्तै, असोजसम्ममा हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १९ करोड ६६ लाख, एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब २ करोड ५६ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ९९ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । यस्तै, नेको इन्स्योरेन्स कम्पनीले ९२ करोड ८३ लाख, यूनाइटेड अजोड इन्स्योरेन्सले ८८ करोड २९ लाख, ओरिएन्टल इन्स्योरेन्स कम्पनीले ७८ करोड ८५ लाख र नेपाल इन्स्योरेन्सले ७० करोड ६२ लाख बीमाशुल्क संकलन गरेको छ ।
यता, यसअवधिमा सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले ६८ करोड १८ लाख, प्रभु इन्स्योरेन्स कम्पनीले ५० करोड ५६ लाख, नेशनल इन्स्योरेन्सले ४२ करोड ८४ लाख बीमाशुल्क संकलन गर्दा राष्ट्रिय बीमा कम्पनीले ४१ करोड ४१ लाख बीमाशुल्क संकलन गरेको छ ।







About Us
प्रतिक्रिया