काठमाडौं – पूर्व बैंकर कमल ज्ञवाली थुनामुक्त गर्ने सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र अब्दुल अजीन मुसलमानको संयुक्त इजलालले बन्दी प्रत्यक्षीकरणको उक्त रिटमा परमादेश जारी गरेको हो ।
बैंकिङ्ग कसुरमा जेल परेका साबिकको किस्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक समेत रहेकी कमलकी श्रीमती गौरी खनाल ज्ञवालीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सोमबार सर्वोच्च अदालतले परमादेश जारी गरेको हो ।
ज्ञवाली र उनकी श्रीमती गौरीलाई ऋण दुरुपयोग अभियोगमा उच्च अदालत अन्तर्गतको वाणिज्य इजलास पाटनले २०७३ असोजमा जेल र जरिवानाको सजाय सुनाएको थियो । त्यसपछि २०७५ असोजमा भारतबाट पक्राउ परेका ज्ञवालीलाई सात वर्षपछि छाड्न अदालतले परमादेश जारी गरेको हो ।
नेपाल राष्ट्र बैंकले दायर गरेको मुद्दामा अदालतले ज्ञवालीलाई ३ वर्ष कैद र १२ करोड ५० लाख जरीवाना तिराउने फैसला गरेको थियो । ६ करोड रुपैयाँ पर्ने सम्पत्ति धितो राखेर बैंकबाट ३ गुणा बढी कर्जा लिई त्यसको दुरुपयोग भएको भेटिएपछि केन्द्रिय अनुसन्धान ब्युरोले मुद्दा दायर गरेको थियो ।
सीआइबीले मुद्दा दायर गरेपछि ज्ञवाली फरार भएका थिए । ज्ञवालीलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले भारतमा लुकेर बसेका अवस्थामा २०७५ असोजमा पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।






About Us
प्रतिक्रिया