लाईफ इन्स्योरेन्स कर्पोरेशनको स्वतन्त्र सञ्चालकमा सोमन नियुक्त


काठमाडौं – लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको स्वतन्त्र सञ्चालकमा शुभाङ्गी सोमन नियुक्त भएकी छिन् । उनलाई अक्टोबर २९ देखि लागू हुने गरी सो पदमा नियुक्त गरिएको हो । 

यसअघि सो पदमा रहेका प्रविन कुमार मोलरीको पदावधि सकिएसँगै सो पदमा सोमन नियुक्त भएकी हुन् ।