काठमाडौं – आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीले मंसिर १२ गते, शुक्रबार बाह्रौँ वार्षिक साधारण सभा बोलाएको हाे । सो सभा वेष्टर्न एशियन होटल बुटवल, रुपन्देहीमा बिहान साढे ९ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले अन्य वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले कात्तिक २५ गते बुकक्लोज गर्ने भएको छ।






About Us
प्रतिक्रिया