काठमाडौं – देशभरका नागरिक परिवारसँग रमाइलो गरिरहेका बेला प्रहरी भने चौबीसै घण्टा मुलुकको सुरक्षा सुनिश्चित गर्न खटिएका हुन्छन् । प्रहरी सर्वसाधारणको सुरक्षामा खटिएका बाबजुद पनि नेपालीहरूको महान् पर्वको रूपमा रहेको दसैं र तिहार अवधिमा अन्य समयका भन्दा बढी अपराधी कार्य हुने गरेको छ ।
प्रहरीका तथ्यांक अनुसार दसैं अवधिभरमा देशभरबाट प्रहरीमा ९६० वटा मुद्दा परेका थिए । आर्थिक तथा वित्तीय अपराधका १९६ वटा मुद्दा परेको प्रहरीले जनाएको छ । तिहार अवधिमा ८३ वटा आर्थिक अपराधका घटना प्रहरीमा पुगेको थियो ।
यसपालिको दसैं अवधिमा मात्र बैंकिङ्ग कसुरका १०५ वटा र तिहार अवधिमा २४ वटा मुद्दा बैंकिङ्ग कसुरका मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । दसैं र तिहारमा चोरी, दुर्घटनाका घटना अन्य समयमा भन्दा बढी घट्ने काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनाल बताउँछन् ।
उनका अनुसार दसैं तिहारमा अरू समयको भन्दा बढी खर्च हुनुका साथै, दसैंमा पेस्कीहरू समेत आउने भएकाले गर्दा सर्वसाधाणसँग अरू समयमा भन्दा बढी रकम हुने गरेकाले आपराधिक कार्यमा संलग्न व्यक्तिले ठग्न सक्ने भएकाले यस्ता ठगी र चारीका घटना बढी घट्ने गरेको उनले बताए । उनका अनुसार दसैं तिहारको समयमा मादक पदार्थ पिएर सावरी चलाउने बढ्ने गरेकाले प्रहरीले चेक पोस्टहरू पनि बढाउने गरेका छन् ।
प्रवक्ता खनालले भने, ‘यस समयमा बैंकिङ्ग कसुरका घटनालाई खासै असर त पादैन तै पनि बढी खर्च गर्न तिहारमा सुन चाँदीका साथै तामाका सामान किन्नु पर्छ भने मान्यताले गर्दा बैंकिङ्ग कसुरका साथ साथै पसल र घरहरूमा चोरीका घटना बढी हुने गरेको छ ।’ बदलिँदो आपराधिक शैलीसँगै अपराध उजुरीहरू समेत प्रहरीमा बढ्न थालेको प्रहरीहरू बताए ।
दसैंमा उपत्यकामा ३५ वटा, कोशी प्रदेशमा ८ वटा, मधेस प्रदेशमा ३ वटा, बागमती प्रदेशमा १९ वटा, गण्डकी प्रदेशमा १८ वटा, लुम्बिनी प्रदेशमा १४ वटा, कर्णाली प्रदेशमा २ वटा र सुदूरपश्चिम प्रदेशमा ६ वटा बैंकिङ्ग कसुरका मुद्दा परेको हो । भने तिहार अवधिमा मधेस प्रदेशमा ३ वटा, बागमती प्रदेशमा २ वटा, लुम्बिनी प्रदेशमा १३ वटा र उपत्यकामा ६ वटा बैंकिङ्ग कसुरका मुद्दा परेको छ ।
त्यस्तै, दसैं तिहारका अवधिमा जुवा खेल्ने वा सट्टेबाजी गर्नेहरू पनि बढ्ने गर्छन् । यस दसैंमा १० वटा र तिहारका अवधिमा ३२ वटा मुद्दा जुवा खेल्ने वा सट्टेबाजी गर्नेहरू विरुद्ध परेको प्रहरीले जनाएको छ । ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) मा दसैंमा १० वटा र तिहारमा २ वटा मुद्दा दायर भएको छ, भने साइबर अपराधमा ३ वटा मुद्दा प्रहरीमा परेको हो ।
सर्वसाधारणले अन्य समयमा भन्दा बढी रकम कारोबार गर्ने गर्छन् । जसले गर्दा चाडपर्वका अवसरमा आर्थिक तथा वित्तीय अपराधका घटनाहरू बढ्ने गरेको सरोकारवाला बताउँछन् । पर्वका बेला मानिसहरू उत्सवमय वातावरणमा व्यस्त हुने भएकाले आपराधिक कार्यमा संलग्न समूहलाई अवसर बन्ने गर्छ । यही अवसरको फाइदा उठाइ ठगहरूले सर्वसाधारणलाई विभिन्न प्रविधिका माध्यमबाट ठग्ने गरेको प्रहरीले जनाएको छ ।
पर्वको अवसरमा बढी कारोबार, अनलाइन किनमेल र नगद कारोबार बढ्ने क्रमसँगै ठगी, फेक नोट, एटिएम ह्याकिङ र मोबाइल बैंकिङ्ग मार्फत हुने ठगीका घटना बढेका हुन् । दसैं र तिहारको अवधिमा नेपालीहरूले सामान्य समयको तुलनामा दोब्बर रकम कारोबार गर्छन् । यसै कारण अपराधी समूहहरूले यस समयलाई ‘सुनौलो अवसर’ का रूपमा प्रयोग गर्ने गरेको देखिएको छ ।
सर्वसाधारण व्यक्तिहरू किनमेल, घर फिर्ती र सामाजिक मेलमिलापमा व्यस्त हुने भएकाले ठगी र चोरीजस्ता अपराधका घटना सहजै बढ्ने गरेका छन् । तिहारमा सुन चाँदीका गहनाहरू र अन्य विभिन्न समानहरू खरिद गर्दा राम्रो हुने किबन्ती रहेको छ । जसले गर्दा उक्त समयमा धरै सुन चाँदीका साथै तामाका भाडाहरू खरिद गर्ने योजनामा हुन्छन् । सो योजनालाई पछ्याउँदै उनीहरू सँग भएका रकम विभिन्न माध्यमबाट स्क्याम गर्न गर्छन् ।
विशेषगरी सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म प्रयोग गरेर ठगी गर्ने समूह सक्रिय भइरहेका छन् । पछिल्लो समयमा बढ्दै गइरहेको आपराधिक क्रियाकलापमा धेरैजसो अनलाइन किनमेल र मोबाइल बैंकिङ्ग ठगीसँग सम्बन्धित छन् । विशेषगरी पछिल्लो समय सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरू ठगीका प्रमुख माध्यम बनेका छन् । फेसबुक, इन्स्टाग्राम, टेलिग्राम र विभिन्न अनलाइन बजारमार्फत ‘सस्तो सामान’, ‘गिफ्ट कार्ड’, ‘लक लक्की ड्र’ वा ‘नक्कली बैंक लिंक’ प्रयोग गरेर सर्वसाधारणबाट पैसा हिनामिना गर्ने घटना बढ्ने गर्छन् ।
साथै, भदौँ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारमा रहेका कैदीहरूले समेत कारागारमा आगजनी गरेर फरार भएका थिए । जसमा ३५ वटा कारागारबाट १३ हजार कैदी फरार भएका थिए । हाल सम्ममा अझै पनि ५ हजार कैदी बन्दीहरू कारागार बाहिर नै रहेका छन् । कारागार बाहिर रहेका कैदीहरूको समेत भय रहेको यो दसैं तिहार थियो ।
पछिल्ला वर्षहरूमा बैंकिङ्ग क्षेत्रका विकास विस्तारका साथै विभिन्न प्रविधिहरूको समेत विकासले गर्दा बैंकिङ्ग कसुरका घटनाहरूमा पनि नयाँ प्रविधिका प्रयोग बढेको प्रहरीले जनाएको छ । यसपालिको दसैं र तिहार अवधिमा प्रहरीमा बैंकिङ्ग कसुरका उजुरी सबै भन्दा उजुरी परेका छन् । त्यसपछि प्रहरीमा चोरीका घटनाका उजुरी धेरै परेको प्रहरीको तथ्यांकले देखाएको छ ।






About Us
प्रतिक्रिया