आज सुनको मूल्य स्थिर


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ।

हिजो पनि सुनको मूल्य तोलाको २ लाख ३९ हजार ७०० रुपैयाँमै कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा ३ हजार ६० रुपैयाँ कायम भएको छ।

हिजो तोलामा चाँदी ३ हजार ५५ रुपैयाँमा किनबेच भएको थियो।