सर्वसाधरणले खरिद गर्न पाउनेगरी फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – फरवार्ड माइक्रोफाइनान्सले सर्वसाधरणले खरिद गर्न पाउनेगरी संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक समूहको शेयर लिलामी प्रक्रियामार्फत ३ लाख ६० हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।

न्यूनतम मूल्य प्रतिकित्ता ३७० रुपैयाँ तोकिएको सो शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी रकम बोल गर्नुपर्ने उल्लेख छ । शेयर खरिदका लागि कात्तिक २३ गतेसम्म आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।