जेनजी आन्दोलनमा भागेका बैंकिङ्ग कसुर मुद्दाका फरार कैदी पक्राउ


काठमाडौं – जेनजी आन्दोलनका क्रममा जगन्नाथ देवल काठमाडौं कारागारबाट भागेका बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको  नारायण नगरपालिका घर भएका ३६ वर्षीय खड्क बहादुर थापा रहेका छन् । 

जिल्ला सुर्खेतमा फरार कैदीको खोजतलास अभियानमा कारागारबाट फरार भएका थापा विभिन्न वडा क्षेत्रहरूमा लुकिछिप बसेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको  प्रहरीले जनाएको छ । थापालाई थप कारबाहीका लागि कारागार कार्यालय सुर्खेत पठाइएको प्रहरीले बताएको छ ।