काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३० दशमलव ७५ अंकले बढेर २,६३१ को विन्दुमा कायम भएको छ । आज २०५ कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१९ कम्पनीको २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २० करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन बैंक प्रोमोटर शेयर कारोबार भएको छ । आज यस बैंकको १ अर्ब ६६ करोडको संस्थापक शेयर कारोबार भएको छ ।
यूनियन हाइड्रोपावरको ३४ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ। बुटवल पावर कम्पनीको २५ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।
आज १२ उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको ०.२९ प्रतिशत, विकास बैंक समूहको ०.९० प्रतिशत, फाइनान्स समूहको ५.१७ प्रतिशत, होटल तथा पर्यटन समूहको १.२० प्रतिशत, जीवन बीमा समूहको ४.३५ प्रतिशतले शेयर मूल्य बढेको छ । आइतबार ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।






About Us
प्रतिक्रिया