काठमाडौं – गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला ७०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको छ ।
गत शुक्रबार तोलाको दुई लाख ३९ हजार रुपैयाँमा कारोबार भएको एक तोला सुनको मूल्य आज दुई लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदीको मोल प्रतितोला तीन हजार ५५ रुपैयाँ निर्धारण भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन चार हजार अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






About Us
प्रतिक्रिया