काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२।८३ को पहिलाे त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
प्रकाशित वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिमा ६३ अर्ब ७८ करोड निक्षेप संकलन गरी ५३ अर्ब ४५ करोड कर्जा प्रवाह गरेको छ । बैंकले प्रथम त्रयमासको अन्त्यसम्म १९ करोड ७६ लाख खुद मुनाफा कमाउन सफल भएको छ।
बैंकको कर्जा निक्षेप अनुपात ८६.३५ प्रतिशत रहेको छ । सोही अवधिसम्म बैंकको कुल सम्पत्ति ७१ अर्ब ६३ करोड पुगेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात ४.४१ प्रतिशत रहेको छ ।
बैंकले हालै मात्र नेपालको बैंकिङ्ग इतिहासमै नयाँ प्रडक्ट डोरस्टेप बैंकिङ्ग सार्वजनिक गरेको थियो, जसले आफ्ना ग्राहकहरूलाई घरमै डिजिटल प्रविधिमा आधारित बैंकिङ्ग सेवा प्रदान गर्ने जनाएको छ ।
गत महिना सम्पन्न बैंकको १९ औं वार्षिक साधारणसभाले आ.व. ८१।८२ को सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।



About Us
प्रतिक्रिया