साताको शेयरमा ९६.५३ अंकको वृद्धि, कारोबार रकम खुम्चियो


काठमाडौं – याे साता शेयर बजार उच्च अंकले बढेर बन्द भएको छ । शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ९६.५३ अंककाे वृद्धि देखिएको छ। साताकाे शेयरमा नेप्सेमा उच्च अंककाे वृद्धि देखिएपनि कारोबार रकम भने घटेको छ।

साताभरि ४ दिन कारोबार हुँदा १ दिन बजार घटेको छ भने ३ दिन बढेको थियो। यससँगै,साताभरमा १७ अर्ब माथिको शेयर कारोबार भएको छ । आइतबार नेप्से ५.१९ अंकले बढेर २५ सय ९ दशमलव ४ को विन्दुमा बन्द भएको थियो । त्यस्तै, सोमबार बजार ६२.२९ अंकले बढ्दै २५ सय ७१ दशमलव ३४ को विन्दुमा बन्द भयाे ।

त्यसैगरी साताको तेस्रो कारोबारको दिन बुधबार नेप्से ५.१७ अंकले घटेर २५ सय ६६ दशमलव १६ विन्दुमा कायम भएको थियो। यस्तै, साताको अन्तिम कारोबारको दिन बिहिबार ३४.२२ अंकको वृद्धिसहित बजार २६ सय ३८ को विन्दुमा राेकियाे ।

कुन दिन कति भयो कारोबार ?
यो साताभर नेप्सेमा दोहोरो अंकको वृद्धि आएता पनि कारोबार रकम भने घटेर १७ अर्बमा सीमित भएको छ । आइतबार २ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा सोमबार कारोबार रकम करिब २ अर्ब रुपैयाँले बढेर ४ अर्ब ५० करोडमा सीमित भएको थियो ।

त्यस्तै, साताको तेस्रो कारोबार दिन अर्थात् बुधबार कारोबार रकम १ अर्ब रुपैयाँले १ अर्ब रुपैयाँले बढेर सो दिन ५ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको थियो । त्यसैगरी, साताको अन्तिम कारोबारको दिन बिहीबार पनि ५ अर्ब रुपैयाँ आसपासको शेयर कारोबार भएको छ ।