काठमाडौं – पछिल्लो केही समययता निरन्तर बढ्दै कीर्तिमानी कायम गरेको सुनको मूल्य यो साता भने घट्यो । यो साताको आइतबार तिहारपछि खुलेको बजारमा एकैदिन सुनकाे मूल्य ११ हजार ६ सय रुपैयाँले घट्यो ।
मूल्य घटेसँगै त्यसदिन प्रतितोला सुन २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भयो । यस्तै, सोमबार २ हजार रुपैयाँले घट्दै २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार पुग्यो ।
आइतबार र सोमबार दुवैदिन लगातार घटेको सुनको मूल्य मंगलबार पनि घट्यो । मंगलबार तोलामा २ हजार ९ सय रुपैयाँले घट्दै २ लाख ३७ हजार रुपैयाँमा कारोबार भयो । यस्तै, बुधबार तोलामा ७ सय रुपैयाँले घट्दै लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भयो ।
बिहीबार भने सुनको मूल्य स्थिर रहँदै बुधबारकै मूल्यमा कारोबार भयो । साताको अन्तिम कारोबारको दिन शुक्रबार भने सुनको मूल्यमामा २७ सय रुपैयाँको वृद्धि देखियो । शुक्रबार प्रतितोला सुन २ लाख ३९ हजार रुपैयाँमा कारोबार भयो । समग्रमा यो साता सुनको मूल्यमा २९ सय रुपैयाँको गिरावट देखियो ।






About Us
प्रतिक्रिया