बैंकिङ्ग समाचार,काठमाडौं ।
फरवार्ड माइक्रोफाइनान्स लिमिटेडले सस्थापक समूह तर्फको ५ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम कम्पनीले उक्त शेयर विक्रीमा ल्याएको हो ।
कम्पनीले शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रिय कार्यालय दुहबी सुनसरीमा आवेदन दिनुपर्नेछ ।
सूचना प्रकाशित भएको भदौ ३ गतेले ३५ दिन भित्र शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया