काठमाडौं – हिमालयन बैंकले सर्वसाधरणले किन्न पाउनेगरी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यसअघि बैंकले आफ्ना संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरेकोमा संस्थापक शेयरधनीहरुबाट आवेदन नआएपछि सर्वसाधरणका लागी बिक्रीमा ल्याएको हो ।
बैंकले संस्थापक समूहमो १ लाख १९ हजार ९९७ कित्ता शेयर बिक्रीमा राखेको हो। यो शेयरमा इच्छुक व्यक्ति तथा संस्थाले खरिदका लागि आजको १५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।






About Us
प्रतिक्रिया