प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक शेयरधनी मोहनलाल अग्रवालको नाममा रहेको १ लाख कित्ता शेयर बिक्रीमा राखेको हो । सो शेयर खरिदका लागि पहिलो प्रथामिकता विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने कम्पनीले जनाएको छ ।

सो शेयर खरिद गर्न इ्च्छुक विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले (कात्तिक १२ गते) ३५ दिनभित्रमा कम्पनीको केन्द्रिय कार्यालय कमलादि काठमाडौंमा आफूले खरिद गर्न चाहेको शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन् ।