महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – महालक्ष्मी विकास बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा कायम रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन् । इच्छुकले बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग काठमाडौंमा आवेदन दिन सक्नेछन् ।