काठमाडौं – एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल बालुवाटार, काठमाडौंलाई नियुक्त गरेको छ । संस्थाको कात्तिक ११ गते बसेको सञ्चालक समितिको १७९ औं बैठकको निर्णय क्यापिटललाई सो कार्यका लागि नियुक्त गरेको हो ।
अब संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण एनएमबि क्यापिटलबाट हुनेछ ।
क्यापिटललाई कात्तिक १ गतेदेखि लागू हुने गरी २०८४ असोज मसान्त सम्म (दुई वर्ष) अवधिका लागि नियुक्त गरेको हो ।






About Us
प्रतिक्रिया