लगातार घटेको सुनको मूल्य, आज कति ?


काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज बुधबारकै मूल्य अर्थात् २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबारदेखि लगातार घट्दै आएको सुनको मूल्य हिजो तोलामा सातसय रुपैयाँ घटेको थियो भने मंगलबार प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको थियो। आइतबार एकैदिन तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको सुनको मूल्य, सोमबार २ हजार घटेको घटेको छ ।

आज पनि चाँदीको मूल्य भने बढेको छ। हिजो तोला ४५ रुपैयाँ बढेर तोलाको दुई हजार नौ सय ६५ रुपैयाँ पुगेको चाँदीको मूल्य आज तोलामा थप १५ रुपैयाँ बढेर तोलाको दुई हजार नौसय ८० रुपैयाँमा कारोबार भइरहेको छ।