हिमालयन लाइफको सीईओमा कपिल कुमार दाहाल नियुक्त


काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिल कुमार दाहाल नियुक्त भएका छन् । कामु सीईओ रहेका उनलाई कम्पनीको सञ्चालक समिति बैठकले दाहाललाई सीईओमा नियुक्त गरेको हो ।

कम्पनीका पुर्व सीईओ मनोज कुमार लाल कर्णले राजीनामा दिएसँगै उनको स्थानमा तत्कालिन नायब प्रमुख कार्यकारी अधिकृत दाहाललाई कामु सीईओमा नियुक्त गरिएको थियो ।