काठमाडौं – नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले पदबाट राजीनामा दिएका छन् । उनले आज नेपाल प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन् ।
राजीनामा स्वीकृतिका लागी आईजीपीले निर्णय गरेर गृह मन्त्रालयमा पठाउनुपर्ने कानुनी व्यवस्था छ । एसएसपीको राजीनामा मन्त्रालयले स्वीकृत गर्नुपर्छ । उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् ।
२०५८ साउन १८ मा इन्स्पेक्टरबाट सेवा प्रवेश गरेका उनी ६ महिना अगि एसएसपीमा बढुवा भएका थिए । उनका ब्याचीहरू केही एसएसपी र केही प्रहरी उपरीक्षक (एसपी) मै कार्यरत छन्। उनले घरायसी कारण देखाउँदै राजीनामा बुझाएका हुन् ।






About Us
प्रतिक्रिया