काठमाडौं – पछिल्ला दिनहरूमा सुन र चाँदी दुवैको मूल्यमा लगातार ओरालो लागिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य घट्दै प्रति तोला सात सय रुपैयाँले घटेर दुई लाख ३६ हजार ३ सय रुपैयाँ पुगेको छ।
महासंघका अनुसार ३ कात्तिकमा सुनको मूल्य प्रति तोला दुई लाख ५३ हजार पाँच सय रुपैयाँ थियो। त्यसयता मूल्य घट्दै गइरहेको छ । ९ कात्तिकमा दुई लाख ४१ हजार ९ सय, १० कात्तिकमा दुई लाख ३९ हजार ९ सय र ११ कात्तिकमा दुई लाख ३७ हजार रुपैयाँ पुगेको थियो। यसरी पछिल्ला चार दिनमा सुनको मूल्यमा १७ हजार २ सय रुपैयाँको गिरावट आएको देखिन्छ।
३ कात्तिकमा प्रति तोला ३ हजार २ सय ८० रुपैयाँ थियो । चाँदी आज २ हजार ९ सय ६५ रुपैयाँ पुगेको छ। यस अवधिमा चाँदीको मूल्यमा झन्डै ३ सय रुपैयाँभन्दा बढी कमी आएको हो। अमेरिकी फेडरल रिजर्भको ब्याजदर घट्ने अपेक्षा र अमेरिकाको विश्व व्यापार सम्बन्धमा आउने सुधारको अपेक्षाले सुनको मूल्य घटाइरहेको छ ।





About Us
प्रतिक्रिया