काठमाडौं – नेपाली बजारमा तेस्रो दिन पनि सुनको मूल्यमा गिरावट आएको छ । यो साताको आइतबार र सोमबार भारी रकमले घटेको सुनको मूल्यमा मंगलबार पनि गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन २ हजार ९ सय रुपैयाँले घटेको छ । मूल्य घटेसँगै आज प्रतितोला छापावाल सुन २ लाख ३७ हजार रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ।
आइतबार ११ हजार ६ सय रूपैयाँले घटेकाे सुन साेमबार २ हजार रूपैयाँले घटेकाे थियाे । मंगलबार पनि घटेसँगै ३ दिनमा सुनकाे मूल्यमा १६ हजार ५ सय रूपैयाँकाे गिरावट देखिएकाे छ ।
आज चाँदीको मूल्य पनि आज तोलामा ६० रुपैयाँले घटेको छ । आज चाँदी २ हजार ९२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी २ हजार ९८० रुपैयाँमा किनबेच भएको थियो।





About Us
प्रतिक्रिया