बैंकिङ्ग समाचार, काठमाडौं ।
नेको इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा, व्यवसाय र प्रतिशेयर आम्दानी सबैमा बृद्धि भएको देखिएको छ ।
कम्पनीले गत आर्थिक वर्षमा ५५ करोड ३१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले जम्मा ५४ करोड ४८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । कम्पनीको मुनाफा सामान्य अंकले बृद्धि भएको छ ।
यस अवधिमा कम्पनीले ८७ करोड १४ लाख खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा ८७ करोड २६ लाख गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले यस अवधिमा सामान्य कम दाबी तिरेको हो ।
त्यस्तै, खुद बीमा शुल्क आम्दानी एक अर्ब ६५ करोड ९७ लाख रुपैयाँ गरेको छ । अघिल्लो आवमा कम्पनीले एक अर्ब ७२ करोड बीमा शुल्क आम्दानी गरी जोखिम धारण गरेको थियो । समीक्षा अवधीमा कम्पनीको व्यवसाय सामान्य बृद्धि दुई दुई अर्ब ८५ करोडबाट बढेर दुई अर्ब ९२ करोड २४ लाख पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ, जगेडा कोष ४९ करोड १३ लाख रुपैयाँ र बीमा कोष १ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २७.४९ रुपैयाँ रहेको छ । प्रति सेयर नेटवर्थ २७९.१० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३२।४२ गुणा रहेको छ ।
प्रतिक्रिया