बैैकिङ्ग समाचार, काठमाडौं ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ४५ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
गत असारसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन १४।९५ प्रतिशत बढेर १ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३२ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको बीमा कोष ९० दशमलव १० प्रतिशतले बढेको छ । बीमा कोषमा २ अर्ब २८ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यहि अवधिमा बीमा कोषमा १ अर्ब २० करोड रुपैयाँ थियो । त्यस्तै जगेडा कोष ११६ प्रतिशतले वृद्धि हुँदै ९१ करोड ३२ लाख पुगेको छ ।
गत आर्थिक वर्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले व्यवस्थापन खर्च बापत ४९ करोड रुपैयाँ खर्च गरेको छ । कम्पनीले लगानी, कर्जा तथा अन्य आय बापत करिब ८० करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ, जगेडा कोष ११६ प्रतिशत बढेर ९१ करोड ३२ लाख रुपैयाँ र बीमा कोष ९० प्रतिशत बढेर २ अर्ब २८ करोड ३३ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २९।३६ रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ २२८।९२ रुपैयाँ पैसा छ भने मूल्य आम्दानी अनुपात २५.४८ गुणा रहेको छ ।
प्रतिक्रिया