बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रिय बीमा संस्थानले विशेष साधारण सभा आब्हान गरेको छ । कम्पनीको साउन २७ गते बसेको सञ्चालन समितिको बैठकले तय गरेको मिति भदौ १५ गते शुक्रबार दिउँसोको ३ः३० बजे संस्थाको प्रधान कार्यालयमा सभा बोलाएको हो ।
सभाले बीमा ऐन २०७९ को दफा १७२ बमोजिम राष्ट्रिय बीमा संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने प्रस्ताव पेश गर्नेछ । सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली स्वीकृत गर्ने, संस्थानलाई कम्पनीमा परिणत गर्दा गर्नुपर्ने कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने जनाएको छ
प्रतिक्रिया